१७ लाख घुस लिदा लिदै नापी अधिकृतसहित पाँच जना पक्राउ

काठमाडौं , फागुन ३० । १७ लाख घुस लिदा लिदै नापी अधिकृतसहित पाँच जना पक्राउ परेका छन् ।
रुपन्देही स्थित नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ परेका हुन् ।

घुस लिदा लिदै सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएका थिए। उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्