कोरोनाविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्योः मोदी

काठमाण्डौ , फागुन ३० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै मोदीले दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने बताएका छन् । ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ।

हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।

भारतमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ७७ जना संक्रमित भएका छन् । विश्वभर फैलीएको कोरोनाको महामारीले भारतको उडिसा राज्यमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उडिसा राज्यको मन्त्रिपरिषद बैठकलशुक्रबार आपतकाल घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्