कोरोनाका कारण इटलीमा एकै दिन १ सय ८९ जनाको मृत्यु, मृतकको संख्या ५ हजार नजिक

काठमाडौं, फागुन ३० । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोनाका कारण ४ हजार ६ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । विश्वमा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।कोरोना संक्रमितमध्ये ६८ हजार मानिस स्वस्थ्य भइसकेको जनाइएको छ ।

विश्वव्यापी महामारीको रुप धारण गरेको कोरोनाभाइरस संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ ।कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८९ जनाको मृत्यु भएको इटालीको सामाजिक सुरक्षा एजेन्सीले जनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा २३ प्रतिशतले वृद्धि भएको हो ।इटालीमा संक्रमितको संख्यामा पनि २१ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । इटालीमा कुल संक्रमितको संख्या १५ हजार एक सय १३ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्