मदीरा सेवनबाट ५ जनाको मृत्यु, एक गम्भिर

काठमाडौं, ३० फागुन । धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा घरेलु रक्सी अत्यधिक सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् । बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका अनसार
‘सुुरुमा कालगतिले उनीहरूको मृत्यु भएको गाउँलेहरूले बताएका थिए,’ प्रहरी निरीक्षक नायकले भने, ‘पुनः दुई जनाको मृत्यु भएपछि हामी घट्नास्थलमा जाँदा अत्यधिक मदिरा सेवनले उनीहरूको ज्यान गएको देखिएको छ ।’

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।
मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए । मदीरामा केहि कैफियत छकी भन्न आशंका पनि प्रहरीले गरेको छ । अध्याधिक मदीरा सेवनले धेरैले अकालमै ज्यन गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्