कोरोना भाइरसले भारतमा पनि एकजनाको मृत्यु
काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पनि एकजनाको ज्यान गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको भारतको पहिलो रेकर्ड हो ।
भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए । साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्न गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।
कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।
चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार यहाँका ७४ मानिसमा कोरोना लक्षण देखिएको छ । पछिल्लो २४ घण्टामै मात्रै कोरोनाका १२ बिरामी थपिएका छन् । कोरोना संक्रमण फैलन थालेसँगै भारतले सतर्कता अपनाएको छ । उसले बुधबारमात्रै १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ











प्रतिक्रिया दिनुहोस्