अन अराइभल भिसा रोक्ने सरकारको निर्णय,  हवाई उडानमा भने यथावत

काठमाडौं । ३० फागुन । कोराना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दे गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ ।
नेपाल सरकारले सम्भावित जोखिम रोक्न सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।

सकारले चीनबाट फैलिएर युरोपेली र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय हो ।
सुरुमा पाँच देशबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ, भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने,
कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको उनले जताए ।
थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उहाँले खुलासा गरेनन् । सूचना एकद्वार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए । उनले हवाई उडानमा भने कटौती नगरिएको जानरकारी दिंदै भिसा रोकिएपछि स्वतः कटौती हुने उनले बताए । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा डब्ल्यूएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो । छिमेकी देश भारतमा पनि सङ्क्रमणको सङ्ख्या बढ्दै गएको छ । यो अवस्थामा बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाले जानकारी दिए

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिनुभयो । पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सचर्कता अपनाउने निर्णय भएको थियो ।

अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेशन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय बैठकले गरेको छ ।

पूर्वतयारी स्वरुप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना बस्तीभन्दा पर तयारी गर्ने निर्णय भएको छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ । मन्त्री डा. खतिवडाले भन्नुभयो । आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने तयारी थाल्ने बैठकको निष्कर्ष छ ।

पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ ।

मन्त्री डा। खतिवडाले भन्नुभयो, ुकुनै समस्या आएमा तत्लै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ, अहिले नै बन्द गर्ने निर्णय भने भएको छैन ।ु

सरकारकाले सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफै पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्