बालिका अपरहणको आरोपमा विप्लव समूहका १३ जना पक्राउ,तीन थान पेस्तोल र १२ वटा बम पनि बरामद

काठमाडौं , फागुन २९ । उदयपुरमा बालिका अपरहणको आरोपमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १३ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापाले घटनाको पुष्टि गरेका हुन् ।

थपअनुसार अनुसन्धान जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्