गण्डकी प्रदेशसभाको बैठक स्थगित, कांग्रेसको अवरोध

काठमाडौं, फागुन २९ । गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगन भएको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो ।प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।

सभामुखले बस्न पटक–पटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।

सभामुख अधिकारीले अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्