कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए । अन्य नेताहरूले पनि उनलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्दै माहोल सेलिब्रेट गरेका थिए । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।
थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।






















प्रतिक्रिया दिनुहोस्