भारतले गर्यो सबै सीमा नाका बन्द, भिसा पनि रद्द , नेपाललाई कतिको असर ?

काडमाडौं , फागुन २९ । कोरोना भाइरसको महामारी विश्वभर नै फैलीएपछि यसको संक्रमण रोक्न भन्दै भारतले विश्वकै कठोर निर्णय लिएको छ ।कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि एक महिना (अप्रिल १५ ) सम्मको लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

विश्वका विभिन्न देशले कोरोना स्रकमित देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाइरहेको बेला बुधबार बसेको भारतका शीर्ष मन्त्रीहरूको बैठकले विश्वका हुनै पनि नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।

आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै यस्तो कडा निर्णय लिएको हो ।

नाका बन्द गर्दा नेपाललाइ कतिको असर

यसैबचि भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर नपर्न भएको छ । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने भएको छ । त्यसका लागि भारतले सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ । अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएपनि त्यसले नेपालीलाई कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारतको पछिल्लो कदमले अन्य देशका नागरिक रोकिएपनि भारत जाने नेपालीलाई कुनै प्रभाव पार्नेछैन् ।स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ।यसैबीच भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ ।

तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।
जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।

भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ । भारतले सबै नाका बनद गर्दा नेपाललाई असर गर्ने भन्ने चिन्ता रहेको छ तर दूतावासले भने केहि असर नपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्