संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव
काठमाडौं , फागुन २९ । नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।
कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउने ससदमा दर्ता भएको संकल्प प्रस्ताव बिहीबारको बैठकमा परेन् । संसद सचिवालयले हिजो बुधबार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा सो संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो । तर संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल हटाइएको छ ।
नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प प्रस्तावमा छलफल गर्ने बिहीवारको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा उल्लेख थियो । यसअघि बसेको बैठकमा पनि सो प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर, सभामुख अग्नि सापकोटाले आगामी बैठकमा छलफल गराउने भन्दै पेश गर्न अनुमति दिएनन । यसअघिको बैठकमा पनि कार्यसूचीमा चढेर छलफल हुन पाएको थिएन ।
कालापानीबाट भारतीय सेना फिर्ता पठाउने माग उठेको बेला आजको बैठकमा छलफल हुन सेकेन् । पटक पटक संसदमा आवाज उठाउने भन्ने विषयलाई आजको संसदमा छलफल हुन नै सकेन् । नेपालको भु भाग कालापानिबाट भारतीय सेना हटउन माग गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्