छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं , फागुन २८ । देशका विभन्न स्थानमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएकोे छ । तनहुँ, बाँके, लगाएतका स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिकास्थित सडकमा ग.१ त ४८०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका चालकको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका ट्याक्टरका सहचालकको पनि लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका-९ पिपरी चोकस्थित सडकमा रा.१ ख २१८८ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री ४५ वर्षीय रामपति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी दिनमा मानिसको अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्