चोरीको बीगबीगी: एकैदिन काठमाडौं र भक्तपुरका पाँच स्थानमा चोरी
काठमाडौं । काठमाडौं र भक्तपुरका पाँच स्थानमा एकैदिन चोरी भएको छ । मंगलबार काठमाडौं महानगरपालिका–३० डिल्लीबजार डेरा गरी बस्ने मकवानपुर घर भएका रवि बलामीको कोठामा चोरी भएको छ ।
उनको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यस्तै सोही दिन काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सुजन मार्ग डेरा गरी बस्ने चितवन घर भएका रबी ढकालको कोठाबाट नगद ७ हजार र सुनको विभिन्न गहनाहरु गरी ३ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुर, चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिङटारस्थित शम्भु पौडेलको घर र उनकै घरमा डेरा गरी बस्ने दोलखा तामाकोसी घर भएका प्रकाश भट्टराई र रामेछाप घर भएका बल बहादुर श्रेष्ठको कोठाबाट नगद तथा सुनका गहना गरी ५ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्