एशियन लाइफको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले हकप्रद शेयर प्रयोजनार्थ सोमबार बुक क्लोज गर्ने भएकाले आइतवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । एशियनले आव ०७२/७३ को नाफाबाट चुक्तापूँजीको ५० प्रतिशतका दरले ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद शेयर निष्कासनका लागि पुस २३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाल रू. ८० करोड ५५ लाख ९३ हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात रू. १ अर्ब २० करोड ८३ लाख ८९ हजार पुग्नेछ । यस हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्