बामदेवको अगाडि लत्रिए ओली

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः लत्रिएका छन् । सचिवालय बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने निर्णय गरेपछि निकै असन्तुष्ठ बनेका ओली पछि सरेका छन् ।
सचिवालयको निर्णय ओलीले नमानेपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट कोही पनि समयमै मनोनीत हुन सकेनन् । ओलीको एकमात्र चाहना युवराज खतिवडा नै पुनः नियुक्ति गर्ने थियो तर सचिवालयमा सहमति नभएपछि न त गौतम नै राष्ट्रियसभा सदस्य बने न त खतिवडा नै । अर्थमन्त्री रहेका खतिवडाको कार्यकाल फागुन २० गते सकिएपछि त्यो ठाउँमा कसलाई पठाउने भन्ने विवाद नेकपामा अहिले चुलिएको छ । खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को वजेट ल्याउने छन् । संविधानले पनि संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेपछि खतिवडा पुनः मन्त्री भएका छन् ।
स्रोतका अनुसार केही दिनपछि गौतमलाई नै सरकारले राष्ट्रियसभामा सिफारिस गर्दैछ । गौमतले संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बनाइदिन पार्टीलाई आग्रह गरेका थिए तर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले कुनै पनि काम गरेन ।

प्रतिक्रिया दिनुहोस्