पार्टीबाट पनि हेपिए महरा
काठमाडौं, २८ फागुन। संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेर सफाई पाइसकेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले पनि वेवास्ता गरेको छ ।
नेकपाको केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यको रुपमा उपस्थित गराइएपनि महरालाई वास्ता गरिएन । महरा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेताका रुपमा चिनिन्थे । महराले आफूलाई षड्यन्त्रपूर्वक ढंगले फसाइएको भन्दै आएका छन् ।
महरा अहिले देशव्यापी दौडाहामा छन् । प्रचण्डसँग अत्यन्तै निकट भएकाले उनले पटकपटक उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने मौका पाएका छन् । तर प्रचण्ड नै पार्टीको एक अध्यक्ष रहेका बेला महरालाई किन यसरी पाखा लगाइयो भन्ने प्रश्न भने उठेको छ ।
प्रतिक्रिया दिनुहोस्