मन्त्रिपरिषद् कार्यालयमा आज सर्वदलीय बैठक हुँदै

काठमाडौं, २८ फागनु । लामो समयदेखि थाँतीमा रहेको सर्वदलीय बैठक आज हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री एवं ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री केहि दिनदेखि ममिर्गाैला प्रत्यारोपणको लागि शिक्षण अस्पताल महाराजगन्ज रहेको र दलका नेताहरुबिच संसाद हुन नसकेको बेलामा मन्त्री पोखरेलले सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ३ बजेका लागि तय गरिएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको छ । हाल विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे जानकारी तथा आवश्यक सरसल्लाह सरकारका गतिविधि लगायत राजनीतिक एजेण्डाको विषयमा छलफल हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

कोरोनाको संक्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह गर्दै आएको छ । संसदको जोतोका साथ कोरोना नियन्त्रणमा सरकारले पूर्व तयारी नगरेको विपक्षदलको आरोप छ । सरकाले संयमता अपनाउन चुकेको छ ।

प्रतिक्रिया दिनुहोस्