पार्टी फेरी फुट्छकी भन्ने मानसिकता त्यागौं: अध्यक्ष थापा

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा बोल्दै अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने आशंका नलिन सबैलाई आग्रह गरे ।

उनले भने, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने बिभचमा नै दुर्घछटना हुनसक्छ । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडि बढ्छ ।’

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको बनउाने थप बलपुग्ने बताए । उनले पार्टी एकतापछि बैकल्पिक शक्तिको रुपमा पार्टी अघि बढ्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्