गोरखामा जीप दुर्घटनामा परी घाइतेलाई हेलिकोप्तरबाट काठमाडौं ल्याइयो
काठमाडौं, २७ फागुन । गोरखामा जीप दुर्घटनामा परी घाइते भएकामध्ये गम्भिर घाइते भएका चार जनालाई उपचारका लागि हेलिकोप्तरबाट काठमाडौं ल्याइएको छ ।
श्रीमान गुरूङ, विनोद गुरूङ, विमला गुरूङ र रमा गुरूङलाई माउन्टेन हेलिकप्टरबाट मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा बलेरो मंगलबार विहान बा १५च १०१६ नम्बरको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।
अन्य नौ जना घाइतेलाई उपचारका लागि गोरखा जिल्ला अस्पताल लगिएको छ।
घटनास्थलमा रहेका नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कर्मचारी सुवास घिमिरेका अनुसार घाइतेहरूको अनुहार, टाउकोमा चोट लागेको छ। गम्भीर घाइतेलाई काठमाडौंको ग्रीनसिटी अस्पताल र सामान्य घाइतेलाई जिल्ला अस्पताल गोरखा लगिएको छ । मंगलबार विहान सौरपानी रञ्चोकबाट स्वाँरा हुँदै गोरखा बजारका लागि छुटेको यात्रुबहाक जीप ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।











प्रतिक्रिया दिनुहोस्