सेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट
काठमाडौं, २७ फागुन । ४ दिनपछि खुलेको सेयर बजारमा दोस्रो पटक नेगेटिभ सर्किट लागेको छ । कारोबार शुरु भएको एक घण्टा वित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको हो ।
पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३० मा पुनः ब्रेक लागेको थियो । ५.०२ प्रतिशतले बजार घटेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।
ब्रेक लाग्दासम्म नेप्से परिसूचक ७२ दशमलव ०३ अंकले घटेर १३६३ दशमलव ६६ अंकमा झरेको छ । कारोबार रकम अर्ब नपुग्दै रोकिएको छ ।
यस अवधिसम्म भएका ८ हजार १ कारोबारबाट २३ लाख ११ हजार ५९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९१ करोड ८० लाख ९७ हजार १ सय ४६ रुपैयाँमा रोकिएको छ ।
शेयर बजार तिब्र गतिमा उकालो लाग्दा व ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार(चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।
विश्व बजारमा आएकमो गिरावट र कोरोनाको संक्रमणले गर्दा शेर बजारमा गिरावट आएको हो ।











प्रतिक्रिया दिनुहोस्