दुई हजार चालक ट्राफिक कारबाहीमा
काठमाडां २७ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु अथार्त होलिको सुरक्षा विशेष कार्यक्रम चलाउँदा झण्डै दुई हजार चालक कारबाहीमा परेका छन् ।
सोमबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म चलाइएको होली विशेष सुरक्षा योजनामा एक हजार हजार ९ सय ४१ जनालाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।
होलीका नाममा हेलमेट नगलाउने, तीन जना बसेर मोटरसासइकल चलाउने, तीव्र गतिमा सवारीसाधान चलाउने लगायत ट्राफिक नियम मिचेर गाडी तथा मोटरसाइकल चलाएका व्यक्तिलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।
यस्तै होलिी मनाउन हिंडेका मापसे गरेका चलाएका तीन सय चार जना कारबाहीमा परेका छन् । जाँडरक्सी खाएर गाडी चलाएका एक सय ८४ जनालाई दिउँसो र एक सय २० जनालाई साँझ पक्राउ गरिएको महाशाखाले जनाएको छ । गएको २४ घण्टामा दुई हजार आठ सय ७० जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । पक्राउ परेकोलाई आवश्यक कारवाही गरि सचेताना दिइने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्