कोरोना भाइरसले इटलीमा ४६३ मानिसको मृत्यु

काठमाडौं, २७ फागुन । कोरोना भाइरस ( कोभिड १९) का संक्रमण बढ्दै गएपछि इटली सरकारले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाउनुको साथै देशभर सार्वजनिक जमघट गर्न पनि इटलीले प्रतिबन्ध लगाएको छ ।
चीनको वुहुनुवाबाट भएर फैलिएको कोरोनाबाट इटली ग्रसित बनेको छ । आइतबारसम्म यहाँ ३६६ मानिसको ज्यान गएकोमा सोमाबार बढेर ४६३ पुगेको बीबीसीले जनाएको छ । त्यस्तै, यहाँको संक्रमण दर पनि बढिरहेको छ । सोमबार २४ प्रतिशतले संक्रमण फैलिएको बताइएको छ ।

कोरोना भाइरसबाट बच्नको लागि यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको इटलीले सोमबार थप उपायहरू अवलम्बन गरेको हो ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले सोमबार टेलिभिजन सम्बोधन गर्दै नागरिकहरूलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । अत्यावश्यक काम परेमा भने अनुमति लिएर जान सकिने उनले जनाएका छन । अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

‘अब हामीसँग धेरै समय छैन,’ उनले टेलिभिजन सम्बोधन गर्दै भनेका छन् । रोगसँग जुध्नका लागि आफ्ना प्रचलनहरू परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।

– बीबीसी

प्रतिक्रिया दिनुहोस्