विप्लव समूहका बारा जिल्लाका इन्चार्ज पक्राउ

काठमाडौं, फागुन २६ । प्रतिबन्धित विप्लव समूहका बारा जिल्ला ईन्चार्ज पक्राउ परेका छन्।

विप्लव समूहका नारायणी ब्युरो सदस्य तथ बारा जिल्ला ईन्चार्ज नयन भन्ने मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया बस्ने इन्द्र बहादुर नकडोली (परियार) पक्राउ परेका हुन।

नकडोलीलाई आईतबार दिउसो जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर टोलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए।

पक्राउ परेका नकडोली विभिन्न मितिमा सिमरा लगायत अन्य क्षेत्रमा रहेका एनसेल टावरमा क्षति पुर्याउने, चन्दा असुली गर्ने तथा अन्य क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले बा २७ प १९९१ नम्बरको एक थान पल्सर मोटरसाईकल बिभिन्न कम्पनीका ६ थान मोबाइल, नेपाल टेलिकमको ६ थान सिमकार्ड, विप्लव समुहसंग सम्बन्धित पर्चा पम्प्लेट,किताब,डायरी लगायतका सामाग्री बरामद गरेको छ।

पक्राउ परेका नकडोलीविरुद्ध आपराधिक उपद्रव शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्