कतारले लगायो नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं , फागुन २६ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारले आज सोमबारदेखि नै लागु हुनेगरी प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाइएका देशमा नेपालका अलावा चीन, भारत, इराक, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, लेबनान, इजिप्ट, बंगलादेश, पाकिस्तान, सिरिया र थाइल्यान्ड रहेका छन् ।

कतार नेपालको एक प्रमुख श्रम गन्तव्य हो । कतारमा हालसम्म १५ जनामा संक्रमण भेटिएको छ । यद्यपि, हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्