सशस्त्रमा एआइजी थप गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । सशस्त्र प्रहरीमा नयाँ दरवन्दी थप गर्ने निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता जयनारायण हुजेदारले शुक्रबार रिट दायर गर्नुभएको हो। रिटको प्रारम्भिक सुनुवाइ आज हुने छ ।

सशस्त्र प्रहरी नियमावली २०६० विपरीत संगठनात्मक सर्वेक्षण विना सरकारले पहिलो दरवन्दी सिर्जना गरेको, नियमावलीले तोके अनुसार काम कारबाही नभएको भन्दै रिट दायर गरिएको भन्दै निर्णय बदरको माग गरिएको हो।

सरकारले पुस २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सशस्त्रमा पाँच एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो। यस्तै अनुसन्धान विभागमा एक एआइजी र नेपाल प्रहरीमा ९ डिआइजीको दरबन्दी थप भएको थियो।

सरकारको उक्त निर्णय हालसम्म पनि सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्