कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड ठगी, आरोपमा यसरी पक्राउ परे श्रेष्ठ

काठमाडौं , फागुन २५ । पछिल्लो समय विभन्न प्रलोभनमा पारेर ठग्ने क्रम बढेको छ । नेपालमा बेरोजगार नै भएर मानिसहरु विदेशको यात्रा तय गर्छन तर दलालको फन्दामा परेर उनीहरु ठगीन पुग्छन् । यसैबीच कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ ।

३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर उनले ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।शुक्रबार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्