तीन वर्षभित्रै चोभारमा सुक्खा बन्दरगाह

काठमाडौं – सरकारले आगामी तीन वर्षभित्रै काठमाडौंको चोभार र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण गर्ने जनाएको छ ।

सुक्खा बन्दरगाहा निर्माणको काम लक्ष्यअनुसार अघि बढिरहेकोले तीन वर्षभित्रै सम्पन्न हुने बताइएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको २१ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले तीन वर्षमै सुक्खा बन्दरगाह बनाइसक्ने लक्ष्यअनुसार काम अघि बढिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्