सशस्त्र प्रहरीका जवानले आफैंलाई गोली हाने
काठमाडौं, २५ फागुन । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंलाई गोली प्रहार गरेका छन । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षी आन्नद मिश्राले आफैंलाई बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएर गोलि हानेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए ।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफैंले आफैंलाई किन गोलि हानियो यो भने बुझ्न सकिएको छैन ।











प्रतिक्रिया दिनुहोस्