आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस, समानताको संघर्ष
काठमाडौं, २५ फागुन । आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस । नारी दिवस आजै देश तथा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी आज मनाइँदैछ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको आज मार्च ८ तारिखलाई स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलनरही आएको छ ।
नारी दिवसका अवसरमा यसअघि सरकारीले पनि वभिन्न औपचारिक कायृक्रमको आयाोजना गर्दै आएता पनि यस पटक भने यस्तो कार्यक्रमको आयोजना गरिएको छैन । तय भएको कार्यक्रम समेत कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित गरेको छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।











प्रतिक्रिया दिनुहोस्