साउदी राजपरिवारका तीन जना उच्च सदस्य पक्राउ

काठमाडौं, फागुन २४। साउदी अरेबियाका राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।

राजाका भाइसहित तीन जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज क्राउन प्रिन्स मोहम्मद बिन सलमानले निर्देशन दिएको खबरमा उल्लेख छ ।

पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् । सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्य, मन्त्री तथा व्यवसायीलाई रियाधको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका विषय बाहिरिँदै आएका छन् ।

युवराज सलमानलाई साउदी अरेबियाको वास्तविक शासकका रुपमा लिइन्छ । सन् २०१६ मा साउदी अरेबिया राजा सलमानले युवराज घोषित गरेपछि सत्ताको वास्तविक नियन्त्रण उहाँमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्