एसईई परीक्षा सरेको छैन, चैत ६ गते देखि नै हुन्छ : शिक्षा मन्त्रालय (विज्ञप्तिसहित )
काठमाडौं, फागुन २३ । कोरोना भाइरसकै प्रभावले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित गरेका थिए । यस्ता भ्रामक समाचारले विद्यार्थीहरु नै अन्योलमा परेका थिए तर शिक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसर्ने स्पष्ट पारेको छ ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै एसइईको परीक्षा चैत्र ६ गते देखि नै हुने जानकारी दिएको हो। यसअघि कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र पाँच गतेसम्ममा सकाउन मन्त्रालयले पत्राचार गरेको थियो।
तर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित भएको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेको जनाएको छ ।
‘एसइई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द भएको भन्ने खालका गलत समाचारहरु प्रवाह रहेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘चैत छ गतेदेखि हुने गरी तय भएको परीक्षा यथावत रहेको छ।’साथै आवश्यकता अनुसार थप निर्णय भएमा मन्त्रालयले अर्को सूचना निकाल्ने जानकारी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्