बन्दुकधारीद्वारा काबुलको एक होटलमा हमला

एजेन्सी, – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । कम्तिमा चारजना आक्रमणकारीले काबुलको अन्तर्राष्ट्रिय होटलमा आक्रमण गरेको त्यहाका सरकारी अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मीको कारवाहीमा दुई आक्रमणकारी मारिएका छन् । बन्दुकधारीले स्थानीय समय अनुसार शनिबार राति ९ बजे होटलमा आक्रमण गरेका हुन् । उनीहरुले होटलमा रहेका पाहुनालाई लक्षित गरी गोली चलाएको तथा ग्रिनेट प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ ।

घटनामा कतिको मृत्यु भयो भन्ने खुलेको छैन । घटनाको जिम्मेवारी कसैले लिएको छैन । सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्