धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते, अवस्था गम्भीर

काठमाडौं, फागुन २३ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने क्रम जारी रहेकाले घाइतेको संख्या यकिन हुन बाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्