धनगढी उपमहानगरकाले दियो विद्यालय बन्द गर्न निर्देशन
काठमाडौं , फागुन २३ । पछिल्लो समय कोरोनाको संक्रमणले गर्दा विद्यालय बन्द गर्नु पर्ने आवज पनि उठेको छ । यसैलाई मध्यनजर गर्दे धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।
नोवल कोरोना (कोभिड–१९) भाइरसका कारण शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृपबहादु बडले जनाकारी दिए ।
उपमहानगरपालीकाले अर्को सूचना नआउँदासम्मका लागि आइतबारदेखि सामुदायिक तथा नीजि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको उनले बताए । कैलालीमा पनि कोरोनाको डर रहेको छ । भारतसँग सिमा नजिक भएकाले पनि स्थानीयमा त्रास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्