नेता रावल भन्छन् -कोरोना भाइरस संक्रमण रोक्न भारतीय सीमामा विशेष निगरानी बढाउनुपर्छ, होइन भने स्वःत नेपाल भित्रिन सक्छ
काठमाडौं, फागुन २३ । सत्तारुढ नेकपाका सांसद भीम रावलले कोरोना भाइरस संक्रमण रोक्न भारतीय सीमामा विशेष निगरानी बढाउनु पर्ने बताएका छन् । उनले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो बताएका हुन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तर्रा्ष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने उनले बताए ।
उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था बनाउन सरकारलाई सुझाव दिए।
‘आपुर्ती व्यवस्थाबारे सरकारले जनतालाई ढुक्क पार्नुपर्छ’ उनले भने, शकर र घना बस्तीमा सरसफाईको पुर्वप्रबन्धको व्यवस्था आजैदेखि थालिहाल्नुपर्छ, त्यो भयो भने प्रकोप फैलन पाउँदैन र त्यसलाई नियन्त्रण गर्न सहज हुन्छ ।’
भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘हाम्रो र भारतबीचको सम्बन्ध र दैनिक हुने आउजाउलाई ख्याल नगर्दा त्यसले धेरै समस्या पार्न सक्छ,’ रावलले भने।
प्रतिक्रिया दिनुहोस्