कांग्रेस प्रवक्ता शर्माले भने -खुल्ला सीमानाले कोरोना रोक्न सकिन्न
काठमाडौं , फागुन २३ । नेपालमा कोरोनाको संक्रमण फैलीन नदिन सरकारले विभन्न सावधानी अपनाएको छ । यसका लागि विभन्न रणनीती पनि बनाइरहेको बताएको छ।
सिमानाका तथा अन्यमा पनि कडाइ गरिएको बताएको छ । यता कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खुल्ला सीमानाले कोरोना रोक्न नसकिने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले सीमा नाकामा स्वास्थ्य परीक्षण बेगर निर्वाध प्रवेशले कोरोना रोक्न नसकिने बताएका हुन् ।उनले कोरोना रोक्ने‘रियाक्सन’ कि ‘एक्सन’ले सरकारलाई प्रश्न गरेका छन् ।
उनले कोरोना रोक्न विद्यालय बन्द गर्नुपर्ने भएपनि तराईको सीमानाका खुल्लै राखेर कोरोना रोक्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्