राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन आज

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनकालागि आयोगले मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । मतदाता नामावली प्रदेश अनुसार निर्वाचन अधिकृतको कार्यालवाट प्रकाशन गरिने छ ।

निर्वाचन आयोगले भोली नामावलीमा आएका दावी विरोध र उजुरीमा छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने तथा १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालीका रहेकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्