कोरोना प्रभाव: कांग्रेसले सभा,सम्मलेन तथा जमघट जस्ता कार्यक्रम नगर्ने
काठमाडौं, फागुन २१ । कोराना संक्रमित पूर्व सचेतताका लागि नेपाली कांग्रेसले सभा,सम्मलेन तथा जमघट नगर्ने भएको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई उच्च जोखिम भएको देशमा राखिसकेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो।
बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले राजनीतिक विवादलाई थाती राखी सबैलाई एकजुट हुन आग्रह समेत गरेका छन् । यसका साथै उनले कांग्रेस जोखिमको घडीमा सरकारलाई साथ दिन तयार रहेको बताएको बताउँदै स्थानीय तहको समायोजन र क्रियाशील सदस्यता वितरण भने नरोकिने जानकारी गराए ।
कांगेस लगाएत सबैले यस्ता ठुला सम्मलेन तथा भोजभतेरका कार्यक्रम गर्ने निर्णय गरेका छन् भने सरकारले पनि यस्ता ठुला कार्यक्रम तथा भिडभाडमा नजान आग्रह गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभन्न जिल्लामा तयारी गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्