प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना र कोरोना नेपालमा नफैलियोस भनेर पशुपतिमा पूजा
काठमाडौं , फागुन २१ । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहेको छ । यसैबेला उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिषेश पूजाआजा गरिएको छ ।
पसुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपतिनाथमा आज पहिलो प्रहरको पुजा पाठ गराएका हुन् ।मिर्गौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्