राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज
काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका १८ सदस्यको शपथ आज हुँदैछ। माघ ९ गते सम्पन्न निर्वाचनबाट निर्वा्चित भएका राष्ट्रिय सभाका १८ सदस्यको शपथ हुन लागेको हो। उनीहरूलाई बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउनुहुने कार्यतालिका छ ।
संसद सचिवालयले शपथ लिने सदस्यले आज बिहान १० बजे नै राष्ट्रिय पोशाक वा आ९आफ्नो पहिचान झल्कने औपचारिक पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकताको प्रमाणपत्रको सकल तथा प्रतिलिपी एकरएक प्रतिसहित उपस्थित हुन भनेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ को उपदफा ९१० को व्यवस्था अनुसार अध्यक्ष तिमिल्सिनाले संविधानको धारा ८६ को उपधारा ९२० बमोजिम नवनिर्वा्चित सदस्यलाई शपथ गराउनु हुने भएको छ ।
राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल पाएका १८ सदस्यको पदावधि हिजो, सकिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका डा। युवराज खतिवडाको पदावधि पनि हिजैबाट सकिएको छ।
माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका दुई जना उम्मेद्वार निर्वा्चित भएका थिए।











प्रतिक्रिया दिनुहोस्