सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव भइरहेको छ । कहिले घट्ने त कहिले बढ्ने , यसैबीच आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने मङ्गलबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको सुनचाँदी व्यवासायीले बताएका छन् । कोरोना भाइरसको प्रभावले पनि अहिलेको समयमा सुनको मुल्य ह्वात्तै बढेको हो । कोरोनाले यसमा निकै प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्