विभन्न स्थानमा सवारी दुर्घटनामाः ८ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं, फागुन २० । देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका(४ उपल्लो घाँसामा बेनी जोमसोम सडक निर्माण गर्ने क्रममा सडक माथिबाट सुक्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
पहिरोका कारण बा२क ५०३३ नम्बरको एक्जाभेटर करिब ३ सय मिटर तल खस्दा स्काभेटर चालक ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको छ। उनी सिन्धुपाल्चोकको रहेको खुलेको छ।
उनको घटनास्थलमै मृत्यु भएको हो। सोही स्थानमा काम गरिरहेका बा२क ९७३० नम्बरको एक्जाभेटरसमेत पहिरोले परिएको थियो। पुरिएकै अवस्थामा एक्जाभेटर चालक मकवानपुर बस्ने ४५ वर्षीय कुमार लामाको प्रहरीले सकुशल उद्दार गरेको छ।
यता सर्लाहीको हरिवन नगरपालिका–४ गणशिय चोकमा ना८ख ८५२१ नम्बरको ट्रकले ना४८ प १७०१ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने २२ वर्षीय रोशन भुजेल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
सर्लाहीमै भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ। रामनगर गाउँपालिका–६ मलघट्टामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट धनकौल गाउँपालिका–४ महिनाथपुर बस्ने ४५ वर्षीया मुलरी देवीको मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
उता स्याङ्जाको बिरुवा गाउँपालिका–७ सुरुङमा रा१ त २१०० नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरका काम गर्ने सोही वडाको यादी बस्ने २६ वर्षीय बनध्वज गुरुङको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसमेत २ जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच रूपन्देहीको रोहीणी गाउँपलिका–४ सेमरहवामा लु.४४ प १०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु.२ त ६४१२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार नवलपरासी (पश्चिम) पालिनन्दन गाउँपालिका–३ झोलुङ्गे पुल बस्ने २२ वर्षीय रुपेश चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त चौधरी रहेका छन्।
दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
उता सिन्धुलीको दुधौली नगरपालिका–४ पचरुखीमा स१ त ७६७६ नम्बरको ट्याक्टरलाई ना.८ ख ६२२१ नम्बकरो ट्रकले ओभरटेक गर्ने क्रममा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ट्याक्टरमा सवार सोही नगरपालिका–११ बस्ने २२ वर्षीय बिनोद मग्रान्तिको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पाको तानसेन नगरपलिका–५ तिलाकुरीमा लु.२ ख १८५४ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार (आज) बिहान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
टिपर चालक नवलपरासी सुनवल नगरपालिका–३ बस्ने ३२ वर्षीय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको हो। यसरी देशमा दिनानुदिन दुर्घटना भइरहेका छन् । मानिसले अकालमै ज्यान गुमाउन परेको छ ।















प्रतिक्रिया दिनुहोस्