नेपाली कांग्रेसमा थप सात विभागमा प्रमुख मनोनित, पौडेल रुष्ट

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको म्याद सकिनै लाग्दा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका छन् ।

मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ ।
देउवाले सोमबार कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा ३७ ९१० (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन् । उता, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने देउवाको यो निर्णयको चर्काे विरोध गरेको छ । पौडेल समूहको विरोधको बावजुद देउवाले एकतर्फी निर्णय गरेको भन्दै उक्त समूहका नेताहरु रुष्ट छन् । पौडलले पैसमा भागबण्डा गरे मनोनय गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्