मन्त्रीमण्डल विस्तारप्रति निर्वाचन आयोग रुष्ट

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दुई पटक सम्म मन्त्रीमण्डल विस्तार गरेकोप्रति निर्वाचन आयोग रुष्ट भएको छ ।
आयोगले प्रदेश, केन्द्र को चुनाव निर्धारण भईसकेको र कुनै पनि सरवा बढुवा र
प्रत्यक्ष जनतामा प्रभाव पार्ने काम नगर सरकारलाई सूचना जारी गरेको थियो ।
तर, प्रधानमनत्री देउवाले आचारसंहिता उल्लंघन गर्दै दुई पटक सम्म मन्त्रीमण्डल विस्तार गरेकोपछि निर्वाचन आयोग रुष्ट भएको हो । आयोगले मन्त्रीमण्डल विस्तारलाई आचारसंहियताको उलंघन भएको ठहर
गर्दै निर्णय सच्चाउन आग्रह गरेको छ ।

आयोगले यसले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कठित हुने ठहर गरेको छ । ‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्व बमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमूल्यंन हुने र निर्वाचन अचारसंहिता प्रतिकुल हुने भएकाले मन्त्रिपरिषद् विस्तार को निर्णय अविलम्ब सच्याउन सरकारलाई आयोगले भनेको छ ।

प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्