कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह

काठमाडौं, फागुन १८ । पछिल्लो समय विश्वका ६४ देशमा कोरोनाको संक्रमण फैलिएको छ । यसैबीच कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो । कतारमा धेरै नेपालीहरु रहेका छन् ।यसैले पनि उनीहरुले यस भाइरसबाट जोगनि विभन्न उपाएहरु अपनाउन सुझाव दिएको छ । राजदूतावासले कोरोना संक्रमणबाट जोगिन उपायहरुसमेत सुझाएको छ ।

यता नेपालमा पनि आउने सम्भावना रहेकाले सरकारले ध्यान दिन आग्रह गरिएको छ । यसै विषयमा सरकारले हिजो मात्रै बैठक बोलाएर सतकर्ता अपाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्