उपप्रधानमन्त्री पोख्रेलको आग्रह -राज्य सञ्चालनको प्रणाली बुझेर मात्रै भूमिका निर्वाह गरौं
काठमाडौं , फागुन १८ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले राज्य सञ्चालनको प्रणाली बुझेर मात्रै भूमिका निर्वा गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका हुन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले यस्तो आग्रह गरेका हुन् । उनले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न संचारमाध्यमको ध्यानाकर्षण गराए ।
अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनुभन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप पनि उनले लगाए ।
उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा व्यक्त गरे । मन्त्री पोख्रेलले सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्