संसदमा कांग्रेस सभापति देवाको ओलीलाई प्रश्न – बाँस्कोटाले घुस प्रकरणको अडियोमा हामी भनेर कसलाई भनेका हुन् ?
काठमाडौं, फागुन १८ । प्रतिनिधिसभा बैठक जारी रहेको छ । यसैबीच प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानविन नहुनुले सरकारको दुषित रहेको देखिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै देउवाले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ ।’
सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’ उक्त अडियोको छानबिन हुनुपर्ने देउवाले माग गरे । घुस प्रकरणमा मुछिएका सरकारका बहालवाला मन्त्रीविरुद्ध छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए । देउवाले प्रश्न गरे, ‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’
यसैबचि देउवाले नेपाल टष्ट्रले जारी गरेको स्वेतपत्रले भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न खोजेको बताएका छन् । बाँस्कोटाको अडियो प्रकरण, गोकर्ण रिसोर्ट, नेपाल टेलिकम प्रकरणका भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न स्वेतपत्र जारी गरिएको उनले आरोप लगाए ।
आफू प्रधानमन्त्री भएको बेला आफ्नोे प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै देउवाले राजनीति पूर्वाग्रहले आफ्नो नाम जोडिएको भन्दै उनले आपत्ति जनाए ।
‘राजनीतिक पूर्वाग्रहबस मेरो नाम जोड्ने षडयन्त्रप्रति मेरो आपत्ति छ’ देउवाले भने । यस अघि उक्त काण्डमा देउवा पनि रहेको भन्दै मिडियामा समाचार आएको थियो । तर यो खाली मोड्नलाई मात्रै खोजीएको सभापति देउवाले प्रतिक्रिया दिएका थिए । आज पनि संसदमा त्यसमा आफु सामेल नभएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्