भीषणु चक्रवाती आन्ध्र प्रदेशको तटसँग ठोक्कियो, नेपालमा पनि प्रभाव, सर्तक रहन आग्रह
काठमाडौं, ११ कार्तिक । बंगालको खाडीमा विकसित भएको शक्तिशाली अर्नबु चक्रवाती आन्ध्र प्रदेशको तटसँग ठोक्किएको छ। भारतीय मौसम विभाग (आईएमडी) का अनुसार यो एक ‘अत्यन्त भीषणु चक्रवाती तुफान हो, जुन यानमको दक्षिणमा बापटला र विशाखापट्टनमको बीचमा जमिनमा प्रवेश गरेको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार तुफानले तट पार गर्ने क्रममा १२५ देखि १३५ किलोमिटर प्रतिघन्टाको भयानक गतिमा हावा चलेको थियो। शक्तिशाली तुफानका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। आन्ध्र प्रदेश र ओडिसामा ठूलो धनजनको क्षति टार्न हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चक्रवातको प्रभावले आन्ध्र प्रदेशका विशाखापट्टनम, अनकापल्ली, काकीनाडा र कोनसीमा जिल्लाहरूमा लगातार भारी वर्षा भइरहेको छ। तुफानका कारण करिब ५० वटा रेलहरू २१ वटा उडानहरू रद्द गरिएका छन्।
विशाखापट्टनममा सयौँ रूखहरू ढलेका छन्। नगर निगमका ३० भन्दा बढी टोलीहरू सडक खुलाउन र मलबा हटाउन रातभर खटिएको समाचारमा उल्लेख छ । पुडुचेरीको यानम क्षेत्रमा पनि राष्ट्रिय राजमार्ग(२१६ का किनारमा रहेका रूखहरू उखेल्दै यातायात अवरुद्ध भएको छ । यानममा करिब ५,००० मानिसका लागि २० वटा राहत शिविर बनाइएको भए पनि धेरै मानिस घर छाड्न मानेका थिएनन्, जसका कारण एनडीआरएफका टोलीहरूले उनीहरूलाई सम्झाइबुझाई शिविरमा लगेका छन्।
उता ओडिसामा पनि तुफानको व्यापक प्रभाव देखिएको छ। यहाँका १६ वटा जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् भने ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। गंजमको गोपालपुर र तटीय क्षेत्रहरूमा समुद्रमा ठूला(ठूला छालहरू उठेका छन्। तमिलनाडुको तूतुकुडीमा लगातार तेस्रो दिन पनि मछुआरेहरू समुद्रमा गएका छैनन्। चेन्नईको एन्नोर बीचमा २० फिट अग्ला लहरहरू उठ्दा तटीय सडकहरू जलमग्न भएका छन्।
अर्नब चक्रवातको असर केवल आन्ध्र प्रदेश र ओडिसामा मात्र सीमित नरहने मौसम विभागले जनाएको छ। तुफानको प्रभाव उत्तरतर्फ सर्दै जाँदा मध्य प्रदेश, महाराष्ट्र, छत्तीसगढ़, बिहार, उत्तर प्रदेश, झारखण्ड र तेलंगानासहितका धेरै राज्यहरूमा भारी वर्षाको ुयेलो अलर्टु जारी गरिएको छ। मौसम विभागले सर्वसाधारणलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन र तटीय क्षेत्र तथा बाढी प्रभावित भागहरूबाट टाढा रहन कूटनीतिक तथा मानवीय अपिल गरेको छ।
भयानक चक्रवातको नामलाई लिएर पनि मानिसहरूमा ठूलो चासो देखिएको छ। उत्तर हिंद महासागरमा आउने उष्णकटिबंधीय चक्रवातहरूको नामकरण गर्ने नियमअनुसार यो नाम बङ्गलादेशले प्रस्ताव गरेको थियो। बङ्गाली भाषामा ुअर्नबु को अर्थ ुमहासागरु वा ुसमुद्रु भन्ने बुझाउँछ।






















प्रतिक्रिया दिनुहोस्