निरन्तर बढेको सुनको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं , फागुन १८ । कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको भाउ केही दिनयता घटेको छ । सुन आज तोलामा एक हजार २ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबारदेखि घट्न थालेको हो ।

आइतबार छापावाल सुन प्रति तोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार छापावाल सुन प्रति तोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि प्रति तोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि सुन तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो । कोरोना भाइरसको महामारलिे गर्दा विश्वको अर्थतन्त्रमै असर परेको छ । सुनमा पनि यसकै प्रभावले तलमाथि भइरहेको सुनचाादी व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्