गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै प्रदर्शन, सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप
काठमाडौं फागुन १८ । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।
नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ । यसैबीच गोकुल बास्कोटाको भने सरकारले बचाउ गरेको छ ।
एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बास्कोटाले भ्रष्टाचार गरेको प्रमाण्ीत नै नभएको बताएका छन् । साथै उनले प्रमाण भेटिय कारबाही गर्ने बताए । तर उनले अहिले सम्म बाँस्कोटाको बचाउ गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्